काठमाडौं । टी–२० विश्वकप एसिया फाइनल खेल्न नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषणा गरिएको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । भने आरिफ शेख बैकल्पिक खेलाडीमा परेका छन् ।
नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि छन् ।
कुशल भुर्तेल, जितेन्द्र मुखिया र सुशन भारी छन् भने युवा क्रिकेटरहरु सन्दीप जोरा, भीम सार्की अटाएनन् । नेपाली टोली जुन ९ मा मलेसिया प्रस्तान गर्नेछन् जुन १३ र १४ मा मलेसियासँग टी–२० सिरिज खेल्नेछ । त्यसपछि नेपाली टोली सिंगापुर जानेछ र टी–२० विश्वकप एसिया फाइनल खेल खेल्नेछ ।
आईसीसी विश्वकप छनोटमा नेपालले पहिलो खेल कतार विरुद्ध खेल्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ ।





























प्रतिक्रिया