इण्डो-नेपाल टी-२०ः लखनउको लगातार दोस्रो जित

इण्डो-नेपाल टी-२०ः लखनउको लगातार दोस्रो जित

केन्द्रबिन्दु
70
Shares

भरतपुर (चितवन)। यहाँ जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा शनिबार भएको पहिलो खेलमा लखनउले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले पराजित गर्यो। यो लखनउको लगातार दोस्रो जित हो।

शनिबारै भएको दोस्रो खेलमा तालतला इन्स्टिटाइट कोलकाताले मधेस प्रदेशलाई तीन विकेटले पराजित गर्यो। शनिबारको जितसँगै लखनउ दुई खेलमा दुई जितपछि चार अङ्क बटुल्दै प्रतियोगिताको शीर्षस्थानमा छ भने एक खेलमा एक जितका साथ दुई अङ्कका साथ सुदूरपश्चिम दोस्रो, समान दुई अङ्क रहेको कोलकाता तेस्रो र दुई खेलमा एक जित र एक हारसहित दुई अङ्कका साथ भरतपुर मेयर्स चौथो स्थानमा रहेको छ।

लगातार दुई हार व्यहोरेको मधेस प्रदेश र बागमती प्रदेश क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ।

Logo