आईपीएलको पाँचौँ खेलमा मुम्बई ६ रनले पराजित

आईपीएलको पाँचौँ खेलमा मुम्बई ६ रनले पराजित

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो।

गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउँन सक्यो।
मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए। ओपनर रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए पनि मुम्बइको हार टरेन।

यसै खेलमा आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाइले पहिलो ओभरमा नै मुम्बईका ओपनर इशान किशनलाई आउट गराएका थिए। दोस्रो विकेटका लागि शर्मा र नमन धिरले ३० रनको साझेदारी गरे।

नमनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए। तेस्रो विकेटका लागि शर्मा र ब्रेभिसले ७७ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितीमा पुर्याएका थिए।

तिलक बर्माले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए। गुजरातका लागि उमेश यादव, मोहित शर्मा, स्पेसर जोनसन र अज्मतुल्लाह उमरजाइले समान २-२ तथा साई किशोर १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रनको ईनिङ खेले। यसै खेलबाट पहिलो पटक टोलीको कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए।

राहुल तिवातियाले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए। ओपनर रिद्धिमान शाहले १५ ओभरमा ४ चौकाको सहयोगमा १९ रन बनाए। अज्मतुल्लाह उमरजाईले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेरार्ड कोट्जेले २ विकेट लिए। पियुष चावलाले १ विकेट लिए।

Logo