ललितले लिए आयरल्यान्ड वुल्भ्सकाे दोस्रो विकेट

ललितले लिए आयरल्यान्ड वुल्भ्सकाे दोस्रो विकेट

केन्द्रबिन्दु
84
Shares

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड वुल्भ्सले केड कारमाइकललाई गुमाएको हो । उनलाई नेपालका ललित राजवंशीले चौथो ओभरको अन्तिम बलमा ८ रन बनाउँदा आउट गराएका हुन् । हाल आयरल्यान्ड वुल्भ्सले २ विकेटको क्षतिमा २५ रन जोडेको छ ।

यसअघि आयरल्यान्ड वुल्भ्सले पहिलो ओभरको दोस्रो बलमै ओपनर मार्क अदैरलाई गुमाएको थियाे । करण केसीले उनलाई ४ रनमा पवेलियन फर्काएका हुन् । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

Logo