नेपालसँग आयरल्यान्ड वुल्भ्स अलआउट, दियो १२२ रनको लक्ष्य

नेपालसँग आयरल्यान्ड वुल्भ्स अलआउट, दियो १२२ रनको लक्ष्य

केन्द्रबिन्दु
84
Shares

घरेलु टोली नेपाललाई ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सले सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको हो ।

आयरल्यान्ड वुल्भ्सका लागि ओपनर स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडिन् । ३९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । अन्य खेलाडीले नेपालविरुद्ध खुलेर खेल्न भने सकेनन् । थोमस मेयस र लियाम मकार्थीले समान १६/१६ रन जोड्दा फिओन ह्यान्डले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो रन पनि छुन सकेनन् ।

बलिङतर्फ नेपालका लागि ललित राजवंशी, कुशल भुर्तेल र गुलसन झाले समान २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेलिरहेको हो । आयरल्यान्डकाे टोलीमा रहेका १५ मध्येका ९ खेलाडीले आयरल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । नेपाली टोलीलाई एकीकृत भएर खेल्न आयरल्यान्डसँगको दुई खेल निकै महत्त्वपूर्ण हुन सक्छ ।

Logo