अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन -मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन -मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
56
Shares

युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्थताका कारण खेलाडीहरुलाई पुरस्कार बापतको रकम उपलब्ध गराउन असहज भएको बताएका छन् ।

आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्न भारत जाँदैछ । भारत जाने नेपाली राष्ट्रिय टोलीलाई क्यानले शुभकामना सहित आज विदाई गरेको छ । उक्त श्रृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदै छ । नेपाली टोलीलाई भारतमा हुने त्रिकोणात्मक श्रृङ्खलाले थप अनुभव बटुल्ने मौका प्रदान गर्नेछ ।

क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, ‘सबैलाई शुभकामना दिन चाहन्छु र पुरस्कार राशीका कुराहरु छन् सबै खेल क्षेत्रमा नै यो समस्या छ । हिजो भर्खरै हामीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो । यो सबै राजनीतिक क्षेत्र अव्यवस्थित हुँदा भइरहेको कुराहरु हो ।’

यस्तै, उनले खेलको परम्परागतशैलीलाई नीतिगत रुपमै सुधार गरेर नयाँ तरिकाबाट हेर्न आवश्यक भएको भन्दै सुधारको लागि आफू प्रयासरत रहेको बताए ।

Logo