आयरल्यान्ड एविरुद्ध कमल सिंह ऐरीले लिए पहिलाे विकेट

आयरल्यान्ड एविरुद्ध कमल सिंह ऐरीले लिए पहिलाे विकेट

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । आयरल्यान्डको ए टोलीविरुद्धको पहिलो ट्वान्टीट्वान्टी खेलमा नेपालले ‘ए’ क्रिकेट टोलीले पहिला टस जितेर फिल्डिङ गरिरहेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ए टोलीले पहिला ब्याटिङ गरिरहेकाे छ ।

हाल ८ ‌‌ओभरकाे खेल सकिँदा आयरल्यान्डको ए टोलीले एक विकेटकाे क्षतिमा ७८ रन बनाएकाे छ । पहिलाे विकेट कमल सिंह ऐरी लिएका हुन् ।

हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो ।

Logo