लोकेश बमको विष्फोटक शतकका बाबजुद नेपाल ‘ए’ पराजित

लोकेश बमको विष्फोटक शतकका बाबजुद नेपाल ‘ए’ पराजित

केन्द्रबिन्दु
294
Shares

लोकेश बमको विष्फोटक शतकका बाबजुद नेपाल ‘ए’ पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग पराजित भएको छ । नेपाल आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले दिएका २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै जोड्न सक्यो । कुनै बेला नेपाललाई ४३ बलमा ९७ रन चाहिएको थियो । लोकेश र आरिफ शेखले चौका र छक्काको वर्षा गर्दा २७ बलमा ३४ रनको स्थितीमा ल्याएका थिए । तर, लोकेश र आरिफ आउट भएपछि नेपालको हातबाट जित पनि फुत्कियो ।

५६ बल खेलेका लोकेशले ९ चौका र ८ छक्काको मदतमा १०६ रन जोडे । साथै आरिफले २६ बलमा ५ छक्का प्रहार गर्दै ४९ रन जोडे । कप्तान विनोद भण्डारीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । ४ खेलाडी शून्यमै फर्किए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डको एले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन जोडेको थियाे । आयरल्यान्डको एका लागि ओपनर पिटर मूरले सर्वाधिक ४९ रन जोडे । ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडेका हुन् । तर, अर्धशतकमा भने चुके ।

त्यस्तै, आपिटर मूरले ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडे । कप्तान नेल रक र केड कार्माइकलले समान ३८ ३८ रन जोडे । स्टेफेन डोहेनीले ३४ रन जोडे । ग्यारेथ डेलानीले १४ बल खेल्दै ३० रन तथा गाभीन होयले ६ बलमा १८ रन जोडे । उनीहरु नटआउट रहे ।

बलिङतर्फ कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । लामोसमय पछि मैदानमा फर्किएका उनले ४ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिएका हुन् । साथै आरिफ शेख र सागर ढकालले एकएक विकेट लिए ।

हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो । यसअघि आयरल्यान्ड एले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । तर, दुवै खेल नेपालले जित्यो ।

Logo