रियल म्याड्रिडविरुद्ध म्यानचेष्टर सिटीः हेड टु हेडमा को बलियो ? यी हुन् ‘प्लेयर टु वाच'[भिडियाेसहित]

रियल म्याड्रिडविरुद्ध म्यानचेष्टर सिटीः हेड टु हेडमा को बलियो ? यी हुन् ‘प्लेयर टु वाच'[भिडियाेसहित]

केन्द्रबिन्दु
140
Shares

आजको ठिक ८ दिनपछि अर्थात चैत २८ गते युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । विश्वकै सबैभन्दा प्रतिष्ठित लिगका रुपमा परिचित युरोपियन च्याम्पियन्स लिगले नै क्लब विश्वकपको ट्रफी अर्थात विश्वकै सर्बोत्कृष्ट क्लब भएको प्रमाण दिँदै आएका छन् । केही अपवादहरुलाई छाडेर ।

संसारभरका मानिसहरु युरोपियन च्याम्पियन्स लिगलाई निकै महत्वका साथ हेरिरहेका हुन्छन् । युरोपकै सर्बोत्कृष्ट क्लब र आफ्नो मन पर्ने खेलाडीहरु खेल्ने भएकाले मानिसहरु च्याम्पियन्स लिगलाई घरेलु लिगको तुलनामा उच्च प्राथमिकता र प्रतिष्ठाका रुपमा हेर्ने गर्छन् ।

हरेक वर्ष निकै घम्साघम्सी र नोकझोकका साथ सम्पन्न हुने यो प्रतियोगिताको जारी संस्करणको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको पनि एक हप्ता मात्रै भएको छ । उक्त ड्र अनुसार च्याम्पियन्स लिगको राजा अर्थात स्पेनिस क्लब रियल म्याड्रिडले अघिल्लो वर्षको साविक विजेता म्यानचेष्टर सिटी बीच आजको ठिक ८ दिनपछि रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा महा–भिडन्त हुने पक्का भइसकेको छ ।

जारी संस्करणको उपाधि दावेदार रियल म्याड्रिड र म्यानचेष्टर सिटी दुबै क्लब पुनः एकपटक आमनेसामने भईरहदा अर्कोतर्फ बार्यन म्युनिख र आर्सनल पनि सेमिफाइनल प्रवेशका लागि आपसमा भिडिरहेका हुनेछन् ।

इतिहास कोट्याउने हो भने रियल म्याड्रिड च्याम्पियन्स लिगको राजा नै हो भन्दा फरक नपर्ला । किनकी रियलले यो उपाधि अहिलेसम्म १४ पटक जितिसकेको छ । यसको अर्थ रियल म्याड्रिड एक्लैसँग इटाली र जर्मनीसँग भन्दा पनि बढी च्याम्पियन्स लिगको ट्रफी रहेको छ । यी दुई राष्ट्रहरुका क्लबहरुसँग क्रमश १२ र ८ ओटा च्याम्पियन्स लिगको ट्रफी रहेको छ । जबकी रियल एक्लैसँग १४ ओटा ट्रफी रहेको छ । रियल म्याड्रिड भन्दा धेरै अर्थात १५ ओटा ट्रफी इङ्ल्याण्डका चारवटा क्लबहरुको सम्पूर्ण ट्रफी रियलको भन्दा एउटाले मात्र बढी रहेको छ ।

यसरी हेर्दा रियल म्याड्रिड युरोपकै सबैभन्दा सफल क्लब हो भने अर्कोतर्फ सन् २०११ मा मात्र पहिलो पटक च्याम्पियन्स लिगका लागि छनौट भएको इङलिस क्लब म्यानचेष्टर सिटी धेरै अर्थमा रियल भन्दा पछि रहेको छ । तर यसो भनिरहदा म्यानचेष्टर सिटी रियल भन्दा कमजार क्लब भने होइन् । उसले आफ्नो लिगमा सन् २०१७–१८ को सिजनदेखि लगातार डोमिनेसन गर्दै आइरहेको छ । पछिल्लो ६ वर्षको इतिहासलाई मात्र कोट्याउने हो भने सन् २०१९–२० को सिजनलाई छाडेर सिटीले सबै ६ लिग टाइटल आत्मसात गरेको छ । अघिल्लो वर्ष रियललाई सेमिफाइनलमा हराएर सिटी पहिलो पटक च्याम्पियन बनेको थियो ।

अर्कोतर्फ स्पेनिस महारथी क्लब रियल म्याड्रिड भने स्पेनिस लिगमा बार्सिलोना र एट्लेटिको मड्रिडको छत्र छायामा पर्दै आइरहेको छ । तर यस पटक रियलको अवस्था घरेलु र च्याम्पियन्स लिग दुबैमा बलियो रहेको छ । ८ खेल बाँकी छँदा रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ८ अंकले अघि रहेको छ । यसरी हेर्दा रियलले जारी सिजन ट्रफी जित्ने पक्का जस्तै भइसकेको छ ।

रियल म्याड्रिडविरुद्ध म्यानचेष्टर सिटी(हेड टु हेड)
युरोपियन च्याम्पियन्स लिगमा अहिलेसम्म यी दुई टोली जम्मा १० पटक एकअर्काविरुद्ध खेलेका छन्। म्यानचेस्टर सिटी अघिल्लो वर्षको साविकको विजेता हो भने रियल म्याड्रिड यो प्रतियोगिताकै सर्वाधिक ट्रफी विजेता टोली हो। स्पेनिस जायन्ट रियलले अहिलेसम्म यो प्रतियोगिता १४ पटक जितिसकेको छ।

युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिड र यी दुई क्लबको पहिलो भेट सन् २०१२ मा भएको थियो। उक्त भेटमा रियलले सिटीलाई ३–२ गोेलले पराजित गर्दै अघि बढेको थियो। यस्तै पछिल्लो पटक यी दुई क्लबको भेट अघिल्लो वर्षको सेमिफाइनलमा भएको थियो। सो सेमिफाइनलको खेल म्यानचेस्टर सिटीले ५–१ गोलले जित्दै प्रतियोगिताकै च्याम्पियन बनेको थियो।समग्रमा यी दुई टोलीबीच भएको १० भेटमा ४ खेल म्यानचेस्टर सिटीको नाममा रहेको छ भने ३ खेल रियल म्याड्रिडको नाममा रहेको छ। यस्तै ३ खेल बराबरीमा टुंगिएको छ।

जारी सिजन स्पेनिस ला लिगाको ट्रफी आफ्नो नाममा लेखाउन केही खेल मात्र पछि रहेको रियल म्याड्रिडलाई यस पटक सिटीलाई हराउँदै एक वर्ष अघिको हारको बदला लिने सुनौलो मौका रहेको छ भने अर्कोतर्फ सिटीलाई पनि दोस्रो वर्ष पनि बलियो प्रतिद्धन्द्धीलाई क्वाटरफाइनलमै हराएर आफ्नो उपाधि रक्षा गर्ने मौका छ ।

रियल म्याड्रिड(प्लेयर टु वाच)
जूड बेलिंघमः अचम्म नमान्नु होला ! यो सिजन रियल म्याड्रिडका उत्कृष्ट खेलाडी जूड बेलिंघम नै हुन् । खुट्टाको चोटका कारण केही समय मैदान बाहिर रहे पनि जूड मैदानमा फर्किएपछि पुनः शीर्ष फर्ममा नै फर्किने निश्चित देखिन्छन्। उत्कृष्ट आक्रमण बुन्न सिप्पालु जूड जारी सिजन २० गोल गरिसकेका छन् भने आठ गोलका लागि सहयोग पनि गरिसकेका छन् । उनको यहि फर्म यदि म्यानचेष्टर सिटीविरुद्ध पनि कायम रह्यो भने रियलले यस पटक च्याम्पियन्स लिग पक्का जित्ने छ ।

भिनिसियस जुनियरः ब्राजिलियन जादुगरका रुपमा परिचित भिनिसियस रियल म्याड्रिडका खम्बा हुन् । जारी सिजन रियलका लागि १८ गोल गरिसकेका भिनी थप ६ गोलका लागि मद्दत गरेका छन् । रोनाल्डो र मेसीको मियो सम्हाल्न आएका भिनी आफ्नो गति, फिनिसिङ र ड्रिब्लिङ क्षमताका लागि परिचित छन्।

म्यानचेष्टर सिटी(प्लेयर टु वाच)
फिल फोडेनः स्नाइपरका रुपमा परिचित फिल फोडेन म्याचेष्टर सिटी र प्रिमियर लिगका सुपरस्टार खेलाडी हुन् । मिडफिल्डमा सिटीका लागि गहिरो प्रभाव छाड्दै आएका फोडेन टोलीलाई आवश्यक परेको बेला अगाडि बढ्दै आक्रमण बुन्न सिपालु छन् । फोडेन टोलीका लागि यति प्रतिभाशाली छन् कि केभिन डी ब्रुइनको अनुपस्थितिलाई सहजै भुलाई दिएका छन् । जारी सिजन ११ गोल गरिसकेका फोडेन टोलीका लागि पनि ७ गोलका लागि सहयोगि भुमिका निभाउन सहयोग गरिरहेका छन् ।

अर्लिङ हालान्डः प्रिमियर लिगका सुपर स्टार र भविष्यको सर्वकालिन महान खेलाडीका रुपमा हेर्न थालिएको स्टार खेलाडी हुन् हाल्याण्ड । सामान्यतया आफ्नो टोलीलाई आवश्यक परेको बेला गोल र गोलका लागि सहज बनाउन माहिर हाल्याण्ड तिव्र गतिमा दौडन् माहिर छन् । जारी सिजन २९ गोल गरिसकेका हाल्याण्ड टोलीका लागि ६ गोल गर्न मद्दत गरेका छन् । जारी सिजन चोटका कारण केही समय मैदान बाहिर रहेका उनी पुनस् मैदानमा उत्रिएर तहल्कै मचचाइरहेका छन् । यहि सिटीका लागि फोडेन र हाल्याण्ड आफ्नो फर्ममा आए जारी सिजन फेरी एक पटक म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको विजेता बन्ने पक्कापक्की छ ।

Logo