आयरल्याण्ड ‘ए’ विरुद्ध विकेट खोज्दै नेपाली बलर, बनायो १२० रन

आयरल्याण्ड ‘ए’ विरुद्ध विकेट खोज्दै नेपाली बलर, बनायो १२० रन

केन्द्रबिन्दु
24
Shares

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले २७ ‌ओभरमा १२० रन बनाउँदा ३ विकेट गुमाएको छ । पछिल्लो १० ओभरदेखि नेपाल विकेटको खोजीमा छ ।

अहिले क्रिजमा आयरल्यान्डका लागि कप्तान निक रक ३७ रन र केड कार्मिकल ३३ बनाएर खेलिरहेका छन् । यसअघि आयरल्यान्डका मिटर मुर २१ रनमा, स्टेफन डोहनी १२ रनमा र जेम्स म्याक्लुम १२ रनमा आउट भइसकेका छन् । नेपालका लागि माौसम ढकाल, साहव आलम र रिजन ढकालले एकएक विकेट लिएका छन् ।

यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले २–१ खेलले प्रतियोगितामा कब्जा जमाएको थियो ।

Logo