कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिँदा आयरल्याण्ड ‘ए’ सस्तैमा अलआउट

कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिँदा आयरल्याण्ड ‘ए’ सस्तैमा अलआउट

केन्द्रबिन्दु
182
Shares

आयरल्याण्ड ‘ए’ पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमसँग सस्तैमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ३८.३ ओभरमा नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिँदा १५७ रनमै समेटिएको हो । ऐरीले ३९औं ओभरको पहिलो बलमा लायम एमसीकार्थीलाई १ रन तथा दोस्रोमा म्याथु हम्फ्रेस र तेस्रोमा बेन ह्वाइटलाई शून्यमै आउट गराएका हुन् । यसअघि २९औं ओभरको तेस्रो बलमा उनले ३९ रन बनाइसकेका कप्तान निल रकको विकेट लिएका थिए ।

आयरल्याण्ड ‘ए’ का लागि केड कार्मिकलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । साथै आयरल्यान्डका मिटर मुर २१ रनमा, स्टेफन डोहनी १२ रनमा र जेम्स म्याक्लुम १२ रनमा आउट भए ।

बलिङमा नेपालका लागि कमलसिंह ऐरीले ४ विकेट लिँदा मौसम ढकाल र साहव आलमले २/२ विकेट लिए । रिजन ढकालले एक विकेट लिए ।

Logo