१३ औं सागको बजेट पाँच अर्ब २६ करोड

१३ औं सागको बजेट पाँच अर्ब २६ करोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालमा आगामी डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बजेट पाँच अर्ब २६ करोड ४२ लाख ६ सय ७० रुपैयाँ प्रस्तुत गरिएको छ । १३ औं सागको बजेट निर्माण कार्यदलका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिम्सिनाले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) समक्ष उक्त बजेट प्रस्तुत गरे ।

कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड १२ लाख ६८ हजार, खेलस्थल व्यवस्थापनतर्फ तीन करोड ११ लाख, प्राविधिकतर्फ ३० करोड ४० लाख ६९ हजार, स्रोतसाधन परिचालनतर्फ २० लाख, सुरक्षातर्फ ५० करोड २६ लाख एक हजार र आवास व्यवस्थापनतर्फ ४५ करोड ५२ लाख ८६ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

यसैगरी यातायात व्यवस्थापनतर्फ १५ करोड ७१ लाख चार हजार, स्वास्थ्यतर्फ तीन करोड, ४३ लाख ५२ हजार, प्रचारप्रसार तथा प्रकाशनतर्फ आठ करोड ९५ लाख आठ हजार पाँच सय, समारोह व्यवस्थापनतर्फ ७१ करोड ४६ लाख ८२ हजार, स्वयंसेवक परिचालनतर्फ दुई करोड दुई लाख ९७ हजार, अतिथि सत्कारतर्फ एक करोड २९ लाख पाँच हजार छुट्याइएको छ । यसैगरि खेलसामाग्री, उपकरण तथा पोसाक व्यवस्थापन सचिवालयतर्फ एक अर्ब २९ करोड ९१ लाख पाँच हजार, एन्टिडोपिङतर्फ तीन करोड ५४ लाख ६१ हजार, आयोजक समितितर्फ २७ करोड ९९ लाख २७ हजार, आईटी व्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार र विविधमा २५ करोड रुपैयाँ रहेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo