काठमाडौं,
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसिसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान र भारतबीचको खेलमा भारतले जित हात पारेको छ ।
खेल हुँदा हुदैं पानी परेपछि भारतले दिएको ३३७ रनको लक्ष्य ३०२ रनमा घटाइयो । उता खेल पनि ४० ओभरमै सिमित गरिएपछि पाकिस्तान ८९ रनले पराजित भएको हो ।
भारतको लागि कप्तान विराट कोहलीले ६२ बलमा ७१ रन बनाए । यसअघि ओपनर रोहित शर्माले शतक बनाउँदै १४० रन बनाएर आउट भए । उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरेका थिए ।
आज बंगलादेश र वेष्टइण्डिजवीच खेल हुने तालिका छ ।





























प्रतिक्रिया