विश्वकपअघि वेस्ट इण्डिज ‘ए’ टिम नेपाल आउँदै, पाँच टी-२० खेल्ने

विश्वकपअघि वेस्ट इण्डिज ‘ए’ टिम नेपाल आउँदै, पाँच टी-२० खेल्ने

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। वेस्ट इण्डिज ‘ए’ टिम नेपाल टुरमा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ‘ए’ टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।

यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ । हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ ।

Logo