मलेसियाले नेपाललाई दियो १ सय ४४ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १ सय ४४ रनको लक्ष्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मेलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन जोड्यो।

मलेसियाका लागि कप्तान बिरेनदिप सिंहले सर्वाधिक ७२ रन जोडे। उनले ५७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै, शर्विन मुनिअनडेले ४१ रन जोड्दा मोहमद अमिरले १६ रन जोडे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेटलिँदा अबिनाश बोहराले १ विकेट लिए।

Logo