आइपीएलमा आज दुई खेल हुँदै

आइपीएलमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं। इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज २ खेल हुँदैछन्। पहिलो खेलमा कोलकोता नाइट राइडर्स र लखनऊ सुपर जाइन्टस आमने सामने हुनेछन्।

इडेन गार्डेनमा यो खेल अपरान्ह्र पौने ४ बजे सुरु हुनेछ। कोलकाता ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने लखनऊ पनि समान ६ अंकसहित चौथो स्थानमा छ।

यस्तै, आजै राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नाई सुपरकिंग्स भिड्ने छन्। चेन्नाइ तेस्रो तथा मुम्बई तालिकाको सातौं स्थानमा रहेको छ।

Logo