अविनाशले लिए हङकङको छैटाैँ विकेट

अविनाशले लिए हङकङको छैटाैँ विकेट

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । ओमननमा जारी एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले छैटाैं विकेट गुमाएको हो ।

नेपालका लागि छैटौँ विकेट अविनाश बोहराले लिएका हुन्। १३औं ओभरको पहिलो बलमा उनले यासिम मुर्ताजलाई २ रनमै आउट गरेका हुन् ।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलको ओभरसमेत घटाइएको छ । निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाएको हो । यसअघि नेपाली समयअनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेको थियो ।

Logo