लोकतान्त्रिक खेलकुद संघको कार्य सम्पादन समिति गठन, अधिवेशन असारमा

लोकतान्त्रिक खेलकुद संघको कार्य सम्पादन समिति गठन, अधिवेशन असारमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समितिको पूर्ण बैठक सोमबार पार्टी मुख्यालय सानेपामा बसेको थियाे।

संघ अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा भएको बैठकले पार्टीको केन्द्रीय समितिले निर्दिष्ट गरेको अधिवेशन सम्पन्न गर्न विभिन्न निर्णयहरू गरेको छ।

संघको केन्द्रीय अधिवेशन असारभित्र सम्पन्न गर्ने तय गरेको छ। संघले खेलकुदको समग्र विकास र प्रवर्धनमा टेवा पुर्याउन देवेन्द्रकुमार शेरचनको नेतृत्वमा २१ जनाको कार्य सम्पादन समिति गठन गरेको छ।

समितिमा उपाध्यक्ष बृजेन्द्र हमाल, महासचिवद्वय सुबोध प्रधान र दीपक गुरुङ, सचिवमा मनीष जोशी, वीरबहादुर खड्का, बखतबहादुर शाही, राजुविक्रम थापा, कोषाध्यक्षमा दशरथ रिसाल छन्।

कार्य सम्पादन समितिका सदस्यहरूमा राजु ताम्राकार, रञ्जन थापा, कुमार बस्नेत, कुबेरप्रकाश सिंह, विष्णु क्षेत्री, वेदप्रसाद वन, राम थारु, मुक्तिबाबु रेग्मी, तुलसी थापा, जनकसिंह साउद, विश्वमान गुरुङ छन्। संघको प्रवक्तामा दामोदर अर्याललाई नियुक्त गरिएको छ।

वैशाख २१ गते संघ स्थापना दिवस हो। त्यस उपलक्ष्यमा वैशाख १४ देखि १९ गतेसम्म राष्ट्रव्यापी गणेशमानसिंह स्मृति बुद्धिचाल प्रतियोगिता आयोजना गरिने भएको छ।

प्रतियोगिता गर्न कार्य सम्पादन समितिका सदस्य राजु ताम्राकारलाई संयोजकको जिम्मा दिइएको छ। त्यसैगरी २१ गते साँखुमा बृहत् रक्तदान कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले खेलकुदको क्षेत्रका भ्रातृ संगठनहरूसँग सहकार्य गरी खेलकर्मीहरूको मनोबललाई उच्च बनाउँदै सुस्तता निवारण गर्ने तर्फ पहल गर्ने निर्णय पनि गरेको छ।

Skip This
Skip This
Logo