आइपीएलमा हैदरावादको रेकर्ड ब्रेक प्रर्दशन, बेंग्लुरु २५ रनले पराजित

आइपीएलमा हैदरावादको रेकर्ड ब्रेक प्रर्दशन, बेंग्लुरु २५ रनले पराजित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा हैदरावादले बैंगलुरुलाई २५ रनले पराजित गरेको हो।

सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछ्याएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए।

यसअघि हैदरावादले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो। सनराइजर्सका लागि ट्राभिस हेडले १०२ तथा हेइनरिक क्लासेनले ६७ रन बनाएका थिए।

यो आइपिएलको इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा ठुलो टोटल हो। हैदरावादले यसअघि यसै सिजनमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २७७ रनको रेकर्ड तोडेको हो।

यो जितपछि हैदरावादको ६ खेलमा ४ जितसहित ८ अङ्क भएको छ र अङ्कतालिकामा चौथो स्थानमा रहेको छ। त्यस्तै बैंगलुरुको भने यो यस सिजनमा छैटौँ हार हो। ७ खेलमा एक जितसहित २ अङ्क लिएर बैंगलुरु पुछारमा रहेको छ।

Logo