नेपाल र साउदी अरेबियाबीचकाे खेल केही ढिला मात्र सुरू हुने

नेपाल र साउदी अरेबियाबीचकाे खेल केही ढिला मात्र सुरू हुने

केन्द्रबिन्दु
56
Shares

काठमाडाैं।  एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरबविरुद्धको खेलमा टसमा ढिलाइ हुने भएको छ । नेपाली समय अनुसार ११:१५ बजे हुनुपर्ने टस पिचमा समस्या आएका कारण टस अहिलेसम्म पनि हुन सकेको छैन ।

मंगलबार राति ओमानमा आएको हावाहुरी र ठूलो वर्षाका कारण पिचमा समस्या देखिएपछि खेल ढिला सुरु हुने भएको हो। नेपालले आज अल अमेरात क्रिकेट ग्राउन्डको २ नम्बरको मैदानमा खेल्दैछ।

खेल्नका लागि तयार गरिएको पिचमा कभरबाटै पानी छिरेपछि पिचसमेत परिवर्तन गर्न लागिएको छ। नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ।

हिजो भएको खेलमा कतारले साउदी अरब माथि जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको थियो । त्यसकारण नेपालले आज केही खेलाडीलाई विश्राम दिने अनुमान गर्न सकिन्छ ।

Logo