एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। एसोसिएट क्रिकेटको एल क्लासिको मानिएको बहुप्रतिक्षित नेपाल र यूएईबीचको खेल आज हुँदैछ। ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा यी दुई चीरप्रतिद्वन्द्वी आज बिहान पौने १२ बजे आमनेसामने हुन लागेका हुन्।

नेपाल र युएईबीचको खेल सँधै रोचक मात्र हुँदैन प्रतिस्पर्धात्मक हुने गर्छ। समान स्तरका यी दुई टोली जति एक-अर्काका लागि परिचित छन्।

यस पटक फेरी एसिया कप छनोटको महत्वपूर्ण खेलमा यी दुई आमनेसामने हुनेछन्। यो प्रतियोगिताको विजेता फाइनलमा प्रवेश गर्ने भएकोले यो खेल जित्नु दुवैका लागि महत्वपूर्ण हुनेछ।

प्रिमियर कप अन्तर्गत समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो। नेपालले समूह एको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराउँदै अन्तिम ४ मा स्थान बनाउँदा यो समूहबाट हङकङ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।

यूएई भने घरेलु टोली ओमानसँग पराजित भएको थियो। ओमानसँग ९ विकेटले पराजित यूएईले बहराइनलाई ३७ रनले हराएको थियो। यस्तै कुवेतलाई सात विकेटले हराएको थियो। कम्बोडियामाथि ९ विकेटको जित निकाल्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो। पछिल्लो एक दशकदेखि कट्टर प्रतिद्धन्द्वी यी दुईले एक दिवसीय र टी-ट्वेन्टीमा जित-हारको लुकामारीनै गरिरहेका छन्।

Skip This
Skip This
Logo