यूएईविरुद्ध नेपालले टस हार्‍याे

यूएईविरुद्ध नेपालले टस हार्‍याे

केन्द्रबिन्दु
112
Shares

काठमाडाैं। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड-१ मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकाे हाे ।

नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ। साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।

समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ। प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी

Logo