गुल्शनले लिए युएईको दोश्रो विकेट

गुल्शनले लिए युएईको दोश्रो विकेट

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालसँग खेलिरहेको युएईले दोश्रो विकेट गुमाएको छ।

१ सय २० रनको लक्ष्य पछ्याइरहेको युएईका विष्णु सुकुमारनको विकेट नेपालका लागि गुल्शन झाँले लिएका हुन्। उनी २८ रनमा खेलिरहेका थिए। उनलाई कुशल भुर्तेलले क्याच आउट गर्दै पभेलियन फर्काए।

युएई ताजा अवस्थामा २ विकेट गुमाउँदै ७.६ ओभरमा ५५ रनमा रहेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर सुरूवात गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै जोडेको थियो।

Logo