हङकङसँग पनि नेपालको खराब ब्याटिङ

हङकङसँग पनि नेपालको खराब ब्याटिङ

केन्द्रबिन्दु
42
Shares

ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को उपाधि होडबाट बाहिरिसकेको साविक विजेता नेपालले तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङसँग पनि खराब प्रदर्शन गरेको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरको खेल सकिँदा ५ विकेट गुमाउँदै ८० रन जोडेको हो । खराब लयबाट गुज्रिएका ओपनर कुशल भुर्तेल आज पनि चल्न सकेनन् । सेमिफाइनल खेलमा युएईसँग शून्यमै आउट भएका उनी आज पनि २ बल खेल्दै शून्यमै फर्किए ।

साथै अर्का ओपनर ५ रनमा पवेलियन फर्किँदा त्यसपछि क्रिज सम्हालन् आएका सोमपाल कामी १२ र कप्तान रोहित २१ रनमा आउट भए । सन्दीप जोरा पनि २२ रनमै आउट भए ।

Logo