ओमानलाई हराउँदै युएई बन्याे एसिसि प्रिमियर कप च्याम्पियन, एशिया कपमा पनि स्थान पक्का

ओमानलाई हराउँदै युएई बन्याे एसिसि प्रिमियर कप च्याम्पियन, एशिया कपमा पनि स्थान पक्का

केन्द्रबिन्दु
84
Shares

संयुक्त अरब इमिरेट्स (युएई)ले एसिसि प्रिमियर कपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा घरेलु टोली ओमानलाई ५५ रनले स्तब्ध पार्दै युएईले उपाधि चुमेको हो । योसँगै युएईले २०२५ मा हुने एशिया कपमा स्थान पक्का गरेको छ ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको २०५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ओमान निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४९ रन मात्रै जोड्न सक्यो । खराव सुरुवात गरेको ओमानका लागि प्रतिक आठवलेले सर्वाधिक ४९ रन जोडे । साथै खालिद कैलले ३० रन, कप्तान जिसन मक्सुदले १४ रन जोडे । फायज बटले २३ रन जोडे ।

बलिङतर्फ जुनैद सिद्दिकीले ३ विकेट लिए भने मोहम्मद फारुक र आयान अज्फल खानले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २०४ रन जोडेको थियो । यूएईका लागि कप्तान वासिमले ५६ बलमै ७ छक्का र ५ चौकाको मदतमा १०० रनको इनिङ खेले । साथै आशिफ खानले १६ बलमै ३८ रन जोडे । ओपनर अलिसान शारफूले ३४ रन तथा विष्णु सुकुमारनले १८ रन जोडे ।

शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई छ विकेटले हराउँदै यूएई र हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका थिए । ओमान प्रतियोगितामा अपराजित थियो । समूहचरणमा युएईविरुद्ध ओमानले ९ विकेटको सहज जित दर्ता गरेको थियो । तर, आज युएईको आक्रामक प्रदर्शनसामू घरेलु मैदानमै ओमान स्तब्ध बन्यो ।

अब युएईसहित पराजित ओमान र हङकङले इमर्जीङ टिम्स एशिया कप खेल्नेछन् । साविक विजेता नेपाल भने हङकङसँग पनि पराजित भएको थियो ।

Logo