सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइने

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजपनि हेर्न नभ्याइनेमा राखिएको छ।

सोमबार लामिछानेको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासले हेर्न नभ्याइनेमा राखेको हो।

मुद्दाको अर्को पेसी आजै तोकिने बताइएको छ।

लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ।

त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो।

Logo