इन्टर मिलानले जित्यो ‘इटालियन सिरी ए’

इन्टर मिलानले जित्यो ‘इटालियन सिरी ए’

केन्द्रबिन्दु
42
Shares

मिलान । इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । लगातार छैटौं डर्बी जित्ने क्रममा इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लिएको हो । इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए। त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए। यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए।

यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुदै सिरी ए को उपाधि जितेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ।

इन्टर मिलानले योसहित सिरी ए को उपाधि २० पटक जितेको छ । सिरी ए को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो। युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ। युभेन्टसले २०१९- २० सिजन यता सिरी ए उपाधि जितेको छैन।

Logo