टी–२० विश्वकपका ब्रान्ड एम्बास्डर बने युवराज सिंह

टी–२० विश्वकपका ब्रान्ड एम्बास्डर बने युवराज सिंह

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ।

टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ। उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको हो।

भारतीय टोलीका पूर्व अलराउन्डर सिंह सन् २००७ को टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए भने पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

आइसीसीले ब्रान्ड एम्बास्डर बनाएपछि सिंहले टी–२० विश्वकप क्रिकेटमा जोडिन पाउँनु नै सम्मानको कुरा भएको बताएका छन्।

टी २० विश्वकपमा नेपालले पनि खेल्दै छ। नेपाल समूह ‘डी’मा रहेको छ।

Skip This
Skip This
Logo