वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको लगातार दोस्रो हार, चलेन ब्याटिङ र बलिङ

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको लगातार दोस्रो हार, चलेन ब्याटिङ र बलिङ

केन्द्रबिन्दु
70
Shares

टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु टोली नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ७६ रनले पराजित भएको हो । योसँगै शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्टइन्डिजले १० रनको जित निकालेको थियो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनमै समेटिएको हो । ओपनर लोकेश बम र करण केसीले समान २८ २८ रन जोडे । २९ बल खेलेका लोकेशले २ छक्का पनि प्रहार गरेका थिए । साथै करणले १७ बलमा प्रहार गरे ।

यस्तै कुशल मल्लले २० तथा बिनोद भण्डारीले १९ रन जोडे । अन्य ६ खेलाडीले दोहोरो रन छुनसमेत सकेनन् ।

वेस्ट इन्डिजका हेडन वाल्शले सर्वाधिक ३ विकेट लिए । गुडाकेश मोतीले २ विकेट तथा म्याथ्यु फोर्ड, ओबेद मक्कोय र फेबियन एलेनले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभर नै बलिङ गर्दै ५३ रन दिए । अन्य खेलाडीकाे बलिङ पनि फितलाे बन्याे । आजको खेलमा दीपेन्द्र सिंह ऐरीले कप्तानी गरेका थिए । कप्तान रोहितकुमार पांैडेलसँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द बेन्चमा थिए ।

Logo