वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

केन्द्रबिन्दु
70
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि सागर ढकालले पहिलो विकेट लिएका हुन् । उनले वेस्ट इन्डिज ‘ए’का ओपनर कादिम एलीनेलाई ११ रनमा कप्तान रोहितकुमार पौडेलबाट उत्कृष्ट क्याचआउट गराएका हुन् ।

उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।

Logo