सागर ढकालले एकै ओभरमा वेस्ट इन्डिज ‘ए’विरुद्ध लिए २ विकेट

सागर ढकालले एकै ओभरमा वेस्ट इन्डिज ‘ए’विरुद्ध लिए २ विकेट

केन्द्रबिन्दु
84
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा सागर ढकालले नेपाललाई एकै ओभरमा दोस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि ढकालले आठौं ओभरको पहिलो बलमा ओपनर जोन्सन चाल्र्सलाई २४ रनमा आफैंबाट क्याचआउट गराएका थिए । त्यसपछि तेस्रो बलमा मार्क देयाललाई ११ रनमा पनि कप्तान रोहितकुमार पौडेलबाट क्याचआउट गराएका हुन् ।

यसअघि दोस्रो ओभरको चौथो बलमा पनि ढकालले नै नेपाललाई पहिलो सफलता दिलाएका छन् । उनले ओपनर कादिम एलीनेलाई ११ रनमा कप्तान पौडेलबाटै उत्कृष्ट क्याचआउट गराएका थिए । हाल वेस्ट इन्डिज ‘ए’ ले ३ विकेटको क्षतिमा ६७ रन जोडेको छ ।

उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

Logo