कुशल भुर्तेलको खराब फर्म कायमै, आज पनि टिकेनन्

कुशल भुर्तेलको खराब फर्म कायमै, आज पनि टिकेनन्

केन्द्रबिन्दु
12
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको १७२ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी आज पनि चल्न सकेनन् । ९बल खेलेका उनले ३ चौकाको मदतमा १३ रन जोडे । उनी नेपालका आशाका केन्द्र हुन्, तर पछिल्लोसमय क्रिजमा टिक्न उनलाई धेरै मुस्किल परेको छ ।

वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कुशलले १२ बलमा १६ रन बनाएका थिए । दोस्रोमा उनी ८ बल खेल्दा २ रनमात्रै बनाएर आउट भए । तेस्रो खेलमा उनलाई ड्रप गरिएको थियो । तर, चौंथोमा कमब्याक गरे पनि चलेनन् । उनी ५ बलमा १ रन बनाएर आउट भएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको थियाे । वेस्ट इन्डिज ‘ए’का लागि कुनै पनि खेलाडीले ठूलाे इनिङ खेलेनन् तर, लक्ष्य भने प्रतिस्पर्धात्मक नै दिएको हो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथेनाजेले सर्वाधिक ४२ रन जोडे । २९ बलमा उनले १ चौका र ३ छक्का प्रहार गरेर अविजित रहे ।

कप्तान रोष्टन चेज ३३ रनमा क्याचआउट भए । साथै ओपनर जोन्सन चाल्र्सले २४ रन, म्याथु फोर्डेले २३ रन बनाउँदा कादिम एलीने र मार्क देयालले समान ११ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले समान ३/३ विकेट लिए । अविनाश बोहराकाे नाममा एक विकेट रह्याे ।

उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

Skip This
Skip This
Logo