सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै, पक्षमा फैसला आए विश्वकप खेल्न सक्ने

सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै, पक्षमा फैसला आए विश्वकप खेल्न सक्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ।

लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।

उच्च अदालतमा यस अगाडि तीन पटकसम्म सुनुवाई स्थगित् भएको थियो।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएको थियो।

त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो।

काठमाडौं जिल्ला अदालतले लामिछानेले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर भन्दै उनीविरुद्ध आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।

आजको फैसला सन्दीपको पक्षमा आयोभने उनी विश्वकप खेल्ने नेपाली टोलीमा स्थान बनाउन सक्ने सम्भावना उच्च छ।

सोहीआदेश विरूद्ध लामिछाने पुनरावेदन गएका थिए।

Skip This
Skip This
Logo