एनआईसी एशिया बैंककाे सम्मानले राष्ट्रिय महिला फुटबल खेलाडी सरप्राइज [भिडियाे]

एनआईसी एशिया बैंककाे सम्मानले राष्ट्रिय महिला फुटबल खेलाडी सरप्राइज [भिडियाे]

केन्द्रबिन्दु
14
Shares

वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एशिया बैंकले सम्मान गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै बैंकले उक्त सम्मान गरेको हो । बैङ्कले केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्ल्यूएफएफ वुमन च्याम्पियनसिप–२०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार र सम्मानपत्रसहित सम्मान गरेको हो । बैैङ्कले अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले महिला टोलीको असाधारण सफलताका कारण सम्मान गरिएको बताए।

कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले खेलाडीलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै राज्यको लगानी राम्रो भए महिला फुटबलले छिट्टै फड्को मार्ने बताए ।

यसैगरी महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले कार्यक्रममा भने, ‘नेपाल आएर यस्तो खाले सम्मान पाउँछौं भन्ने सोचेका थिएनौं। उनले महिला फुटबलमा दोब्बर लगानी बढाउने हो भने नेपाली महिला फुटबल अझै माथि उठ्ने पनि बताए।’

१० वर्षअघि देखि फुटबल खेल्न थाले पनि यस्तो सम्मान अहिलेसम्म नपाएको बताउँदै कप्तान एन्जिला तुम्बापो सुब्बाले साउदी अरेबियाको सफलता अहिले ठूलै रहेको महसुस भएको जनाइन् । यस्तो सम्मानले खेलाडीको मनोबल बढ्ने पनि उनले बताइन्।

यस्तै राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपाली महिला टोलीको प्रदर्शन र सम्मानले पुरुष फुटबल टोलीलाई उर्जा प्रदान गर्ने जनाए ।

सोही अवसरमा बैंकले राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको थियो । एक वर्षका लागि सम्झौता भए पनि आर्थिक पक्ष भने खुलाइएको छैन।

Skip This
Logo