इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

केन्द्रबिन्दु
56
Shares

यही वैशाख २६ गतेदेखि सुरु हुने इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कले गर्ने भएको छ ।

अखिल नेपाल फुटवल संघको आयोजनामा यही बैशाख २६ गते देखि जेठ ९ गतेसम्म इन्टर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोर्ट्स एचडीवान च्यानलबाट गर्नेे भएकाे हाे । उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानियाँ र डिश मिडिया नेटवर्कका तर्फबाट विजनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई ४ समूहमा विभाजन गरी लिगमा नकआउटका आधारमा खेलहरु खेलाइने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

Skip This
Logo