सन्दीपको मुद्दामा आज पेशी

सन्दीपको मुद्दामा आज पेशी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी तोकिएको छ।

मंगलबार उच्च अदालत पाटनमा लामिछानेको मुद्दामा पेशी तोकिएको हो।

लामिछानेको मुद्दामा गत वैशाख २३ गतेको पेसी सूचीमा चढेपनि हेर्न नमिल्नेमा परेको थियो।

काठमाडौं जिल्ला अदालतले लामिछानेले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर भन्दै उनीविरुद्ध आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।

सोहीआदेश विरूद्ध लामिछाने पुनरावेदन गएका थिए।

Logo