आइपीएल: वर्षाले खेल रद्द, राजस्थान र कोलकाताले अंक बाँडे

आइपीएल: वर्षाले खेल रद्द, राजस्थान र कोलकाताले अंक बाँडे

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । इन्डियन प्रमियर लिग (आइपीएल)को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक –एक अंक लिएका छन्।

कोलकाताले पहिला नै क्वालीफायर १ खेल्ने पक्का गरेको थियो। क्वालीफायर १ खेल्नका लागि राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नु पर्ने भएको छ। आइतबार लामो प्रतीक्षा पछि, केवल टस सम्भव भयो, जसमा कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो। तर लगत्तै पानी परेपछि खेल रद्द भयो। यो खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाए पनि राजस्थान रोयल्स दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ।

कोलकाताको खेलको नतिजा जस्तोसुकै भए पनि पहिलो स्थानमा रहने निश्चित थियो। तर, राजस्थानले जित निकाल्दै १८ अंकसहित दोस्रो स्थानमा उक्लने मौका पाए पनि एक अंक मात्र पाउँदा १७ अंक मात्रै बनायो। सनराइजर्स हैदरावादको पनि त्यति नै अंक छ। तर, सनराइजर्स हैदरावादको नेट रन रेट राम्रो छ। जसका कारण हैदरावाद दोस्रो स्थानमा उक्लिदा राजस्थान रोयल्स तेश्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो।

आइपीएलको क्वालीफायर १ मा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद खेल्ने छन्। यस्तै प्लेअफमा राजस्थान रोयल्सको भेट रोयल च्यालेन्जर्स बेंग्लुरुसँग हुने छ।

Skip This
Skip This
Logo