अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ।
प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो।

हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो।

नेपालका लागि अनिलकुमार शाहले ३० बलमा ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए।

नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ।

४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी २० विश्वकप सुरुआत गर्नेछ।

Skip This
Skip This
Logo