के हार्दिक र नतासाको डिभोर्स भएको हो ?

के हार्दिक र नतासाको डिभोर्स भएको हो ?

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ। यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन।

यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो। हार्दिकलाई कप्तान बनाएको मूल्य मुम्बई इण्डियन्सलेपनि चुकायो। यस सिजनको आइपीएलमा पुछारमा रहँदै सिजन समाप्त गरेको मुम्बईमा पुन: आगमन हार्दिकका लागि ब्याक फायर बन्यो। यस सिजनमा न त उनको व्यक्तिगत प्रदर्शन राम्रो रह्यो न त उनले टिमलाई नै जितको लागि प्रेरित गर्न सके। अब आइपीएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ।

उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबि गरिएको छ। रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ। यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन्।

नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि पाण्डेय राखेको र हालै आफ्नो नामको पछाडि रहेको पाण्डेय हटाएपछि पनि अड्कलबाजी बढेको बताइएको छ। सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ।

केही दिनदेखि इन्टरनेटमा चलिरहेको यो खबरबारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

नताशा सर्बियन मोडल र अभिनेत्री हुन्। हार्दिक र नतासाले केही समयको प्रेमपछि २०२० मा विवाह गरेका थिए। दुवैका एक छोरा छन्।

Skip This
Logo