‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निमार्णका लागि समिति गठन

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निमार्णका लागि समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनमा निर्माण हुने रंगशाला निर्माणको लागि तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा १३ सदस्य समिति गठन गरिएको हो । समितिमा ४ सदस्यीय सल्लाहकार समिति र सम्पूर्ण खेलकुदसँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहेका छन् ।

सल्लाहकारहरुमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटबलका पूर्व कप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमटा रहेका छन् । अभियानको सद्भावना दूतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दीप लामिछाने रहेका छन् ।

देशैभरि रङ्गशाला निर्माणको अभियान चलिरहेका बेला खेलाडीहरुको समेत उपस्थिति रहने गरी समिति गठन गरिएको हो । समितिमा देशका चर्चित तथा अनुभवी खेलाडीहरु र संघसंस्था समावेश गरिएको संयोजक बिष्टले जानकारी दिए ।

खेलकुद समितिमा हरि खड्का (फुटबल), संगीना वैद्य (तेक्वान्दो), भरत शाह (भलिबल), विनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिबल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (बडी बिल्डिङ), सावित्रा भण्डारी ‘साम्बा’ (फुटबल), अनिल गुरुङ (फुटबल) र छुम्बी लामालगायत समितिमा छन् ।

समितिले रंगशाला निर्माणका लागि देश विदेशमा विभिन्न आर्थिक संकलनका अभियानहरु सञ्चालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्नेछ ।

Logo