काठमाडौं । टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो। भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो।
यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो।
भारत यस टी-२० विश्वकपमा समूह ए मा रहेको छ र आफ्नो पहिलो खेल आगामी बुधबार आयरल्याण्डसँग खेल्दै छ।
त्यस्तै बंगलादेश भने समूह डी मा नेपालकै समूहमा रहेको छ। बंगलादेशले आफ्नो पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ।





























प्रतिक्रिया