टी-२० विश्वकपमा आज ३ खेल, नेपाल र नेदरल्याण्डपनि भिड्दै

टी-२० विश्वकपमा आज ३ खेल, नेपाल र नेदरल्याण्डपनि भिड्दै

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन्।

आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदैछ। गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू हुनेछ।

त्यस्तै, आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ। बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरू हुने छ।

यस्तै, आज तेस्रो खेल समूह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ। डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि सुरू हुने छ।

Logo