इण्डियन प्रिमियर लिगको यो सिजनको पहिलो क्वालिफायर्समा आज साँझ दुई पूर्व च्याम्पियन मुम्वई इण्डियन्स र चेन्नाई सुपर किङ्सविच प्रतिस्पर्धा हुँदैछ ।
आइएपिएलमा ‘एल क्लासिको’ को रुपमा रहेको यो खेलजित्ने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरको विजेतासंग पुनः प्रतिशपर्धा गर्नेछ । दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिंड्दैछन् ।
मुम्वइ १४ खेलबाट १८ अंक बटुल्दै शीर्ष टोलीका रुपमा प्लेअफमा पुगेको हो । त्यस्तै, चेन्नाईले पनि १४ खेलबाट १९ अंक नै बटुलेको थियो । यी दुबै टोली लिग चरणमा नौ खेलमा जित र ५ खेलमा पराजित भएका थिए ।
मुम्वइले यो सिजन चेन्नाइविरुद्धको दुबै खेल जितेको थियो । त्यसैले पनि आजको खेल जित्नेमा मुम्वइका कप्तान रोहित शर्मा ढुक्क देखिएका छन् ।
यी दुबै टोलीले एकआपसमा आइपिएलको उपाधी पाँच पटक जितिसकेका छन् । जसमध्ये डिफेण्डिङ च्याम्पियन मुम्वइले तीन पटक र चेन्नाइले दुई पटक जितेको छ । यो खेल आज साँझ सवा आठ बजे हुरु हुँदैछ ।





























प्रतिक्रिया