टी-२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

टी-२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि सुरू हुने छ ।

क्यानडा र आयरल्याण्ड दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन्। क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।

दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा दुवैले २-२ खेल जितेका छन्। सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ।

Logo