म्यानचेष्टर युनाइटेड र आर्सनल अन्तिम चारको रेशबाट बाहिरिए

म्यानचेष्टर युनाइटेड र आर्सनल अन्तिम चारको रेशबाट बाहिरिए

केन्द्रबिन्दु
0
Shares

इङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र आर्सनल अन्तिम चारमा नपुग्ने भएका छन् । गएराती रेलिगेसनमा परेको हडर्सफिल्ड टाउनसँग एक–एक गोलको बराबरीमा रोकिएपछि म्यानचेष्टर युनाइटेडको अन्तिम चारमा पुग्ने सपना सकिएको हो । अन्तिम चारमा नपुगेसंगै युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट नहुने भएको छ ।

त्यस्तै, आर्सनलले पनि ब्राइटनसंग एक–एक अंक बाढेपछि उसको पनि अन्तिम चारमा पुग्ने चाहाना पुरा हुन सकेन । यद्यपि, आर्सनलले यूरोपा लिग जिते उसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ ।

यी दुबै टोलीका लागि यो सिजनको प्रिमियर लिग बिर्सनलायक रह्यो । यता, चेल्सिले प्रिमियर लिगमा यो सिजन अन्तिम चारको यात्रा पक्का गर्ने तय भएको छ । चेल्सिसँगै लण्डनको अर्को क्लब टोटेनहमले पनि प्रिमियर लिग अन्तिम चारमा टुङग्याउने सम्भावना बलियो बनेको छ ।

Logo