बंगलादेशको विजयी सुरुआत, श्रीलंकाको दोस्रो हार

बंगलादेशको विजयी सुरुआत, श्रीलंकाको दोस्रो हार

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ। श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो।

खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासको हो। सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशको ब्याटिङलाई लिटन दास र हेरिडोले सम्हालेका थिए। लिटन दास ३८ बलमा ३६ रन बनाएर आउट हुँदा एक छक्का र २ चौका प्रहार गरे। यसैगरी हेरिडोले २० बलमा ४० रनको आक्रामक पारि खेल्दा चार छक्का र एक चौका हिर्काए।

सकिब अल हसन ८ रनमा आउट हुँदा कप्तान नजिमुल होसेन ७ रनमात्र जोडेर पभेलियन फर्किए।

अन्तिम २ ओभरमा ११ रन आवश्यक परेका बेला बंगलादेशका मोहम्दुल्लाहले छक्का प्रहार गर्दै जित नजिक लगेका थिए। उनले १३ बलमा १६ रनको नटआउट पारि खेल्दै जित दिलाए।

श्रीलंकाका नुवान तुसाराले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए। वानेन्दू हसरंगाले दुई विकेट हात पारे।

डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो। खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए।

यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ। चार खेलाडीले खाता पनि खोल्न सकेनन्। बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीन तीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे। तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो।

जितसँगै नेपालपनि रहेको समूह डीमा बंगलादेशले २ अंक जोडेको छ। बंगलादेशले पहिलो खेलमै जित हात पार्दा श्रीलंकाको भने यो लगातार दोस्रो हार हो।

Skip This
Skip This
Logo