वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि खेल रद्ध भएको छ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बिहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको थियो।

मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टसपनि हुन नसकी खेल रद्द भएको हो। योसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्।

मैदानको आउटफिल्डमा पानी जमेको थियो। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको थियो। समूह चरणका चार खेलमध्ये पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा थियोभने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा थियो।

आजको खेल रद्ध भएपछि नेपाल समूह चरणका बाँकी दुई खेल खेल्न वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपालले यहीँ जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।

Logo