काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालले ३५ रनमै दोश्रो विकेट गुमाएको छ।
दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो।
पौडेलले २ बलमा शून्य रन जोड्दै पभेलियन फर्के।
ताजा अवस्थामा नेपाल ७.४ ओभरमा २ विकेट गुमाउँदै ३५ रनमा रहेको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य दिएको थियो।





























प्रतिक्रिया