टी-२० विश्वकप: सुपर ८मा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

टी-२० विश्वकप: सुपर ८मा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुँदै छन्। सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन्।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुने छ।

यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले समूह डी का चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ। दक्षिण अफ्रिका समूह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ। नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रीकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ।

त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडि आएको छ। अमेरिकाले समूह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडि बढेको छ। त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि क्यानडालाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल वर्षाले रद्ध भएको थियो।

टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन। पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ।

सुपर आठको समूह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन्।

Skip This
Skip This
Logo