सन्दीप लामिछाने विश्वकप खेलेर किन टाेलीसँगै फर्किएनन् नेपाल ? [भिडियाेसहित]

सन्दीप लामिछाने विश्वकप खेलेर किन टाेलीसँगै फर्किएनन् नेपाल ? [भिडियाेसहित]

केन्द्रबिन्दु
392
Shares

आइसिसी टी २० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ। एउटा समूह राति १ बजे र अर्को समूह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बिजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो।

तर, चर्चित स्पीनर सन्दीप लामिछाने भने टोलीसँग नेपाल आएका छैनन् । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् । तर, सन्दीप उक्त टोलीमा देखिएनन् । योसँगै सन्दीप टोलीँिग किन आएनन्, कता गए भन्ने समर्थकको चासोको विषय बनेको छ ।

तर, खास कुरो भने यस्तो छ टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएका हुन् । सन्दीपसँग भने अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु पर्ने भएको छ । अब उनी क्यानडाबाट आउने छन् । दुई दिनपछि उनी नेपाल आइपुग्ने बताइएको छ ।

बलात्कार मुद्दामा काठमाडौंँ जिल्ला अदालतमा दोषी ठहर सन्दीप उच्च अदालत पाटनबाट सफाइ पाएपछि विश्वकप खेल्ने पहल भएको थियो । तर, अमेरिकाले पटकपटक उनको भिसा रिजेक्ट गरेपछि उनी रातारात क्यानडा हुँदै विश्वकपको आयोजक राष्ट्र वेष्ट इन्डिज पुगेका थिए । अमेरिकामा भएका नेदरल्याण्ड र श्रीलंकासँगको खेल उनले गुमाए । तर, उनले वेष्ट इन्डिजमा भने दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरे । उनले टी २० क्रिकेटमा १०० विकेटको कोशेढुंगा पनि पार गरे । सबैभन्दा कम खेलेर १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने । यो कीर्तीमान कुनै चानचुने होइन । उनले ५४ वटा टी–२० आई खेलेर सय विकेट लिएका हुन्। तर, १० वर्षपछि आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेटमा कमब्याक गरेको नेपाल जितविहीन हुँदै समूह चरणबाटै बाहिरियो ।

Logo